0
Shares
काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा तीन, कोशीमा २५, मधेसमा छ, बागमतीमा ३१, गण्डकीमा ५४, लुम्बिनीमा ३३, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी एक सय ७० जनाको मृत्यु भएको हो । विपद्मा परी हालसम्म दुई सय तीन जना घाइते भएका छन् ।
जसमा काठमाडौं उपत्यकामा ११, कोशीमा ३७, मधेसमा १०, बागमतीमा १९, गण्डकीमा ४६, लुम्बिनीमा १३, कर्णालीमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका हुन् ।
बाढी पहिरामा परी कोशीमा दुई, बागमतीमा ४१, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिममा एक गरी ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।