काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले बिहान ८ बजे एफपीओ बाँडफाँड गरेको हो ।
जसमा ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२९ कित्ता सेयर हात पारेका छन् । बाँकी रहेको ९।५४ कित्ता ९ जनालाई १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।
लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९।५४५० कित्ता शेयर निष्काशन गरेको थियो।
सो शेयरमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन गरेको थियो। जसमध्ये १ हजार १०१ आवेदन रद्द भएका छन् भने १५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएका छन्।
यसरी हेर्नुस् नतिजा
लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेभसाईट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।