आज मिति २०८३ असार २८ गते आइतबार । सन् २०२६ जुलाई १२ तारिख । नेपाल सम्बत ११४६ तछलागा द्वादशी तिथि । आज बिहान ५ बजेर १६ मिनेटमा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ७ बजेर ३ मिनेटमा अस्ताउनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ । नियमित कार्यमा पनि अलमल वा ढिलासुस्ती हुन सक्छ । खानपानको गडबडीले स्वास्थ्य कमजोर रहनसक्ने सम्भावना छ, विशेष ध्यान रदिनुहोला । यात्रागत कार्य गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नुहोला, जबर्जस्ती गर्दा असफल भइ दुःखमात्र हातलाग्न सक्छ ।
बृष
आर्थिक दृष्टिले शुभदायी समय छ । आत्मियजनबाट विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने देखिन्छ । अनुकूलता वृद्धि हुनेछ भने सहयोगीहरूले राम्रो साथ दिनाले प्रायः सबै कामहरू बन्नेछन् । आमोदप्रमोदका अवसर जुर्नेछन् । सबल स्वस्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला ।
मीथुन
नियमित कार्यमा अनुकुलता र जाँगर वृद्धि हुने दिन छ । परिवारजनको साथले नयाँ आशा पलाउला । दाम्पत्यजीवन सुखमय रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा आकर्षण रहला । कृषिसम्बन्धी कार्यबाट विशेष फाइदा लिन सकिनेछ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको योग छ । मिठो भोजन प्राप्त होला ।
कर्कट
कर्मबल वृद्धि हुनुका साथै नियमित कार्यमा जाँगर बढ्ने समय छ । अनौठो तरिकाबाट धनलाभ हुने योग छ । यात्रागत कार्य मनोरञ्जनात्मक हुनुका साथै फलदायी रहला । परिवारमा खुशीको माहोल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । विपरीतलिंगीको सहयोगले महत्वपूर्ण कार्य बन्ने देखिन्छ ।
सिंह
चुनौती केही बढ्ने र दैनन्दिन कर्ममा पनि बाधा आइपर्न सक्ने समय छ । भौतिक सरसामनको क्षति हुने सम्भावना छ, सजग रहनुहोला । मिष्ठान्न भोजन प्राप्त हुनेछ, तर सबल स्वास्थ्यका लागि आहारविहारमा सजग रहनु हितकर होला । खर्च वृद्धि हुनसक्छ, फजुल खर्च नियन्त्रणको प्रयास गर्नु उचित होला ।
कन्या
सोचेअनुसार काममा सफलता मिल्ने समय छ । पुराना मित्रजनसँग भेटघाट हुने योग छ, भेटले मन रमाउला । आज अनौठो तरिकाबाट धनलाभ हुनसक्ने देखिन्छ । परिवारका सदस्यहरूबाट सुख प्राप्त हुनेछ । आयआर्जन वृद्धि एवम् मिठो भोजन प्राप्त होला ।
तुला
शुभदायी, सुखदायी समय छ । आम्दानीका बाटाहरू खुल्नेछन् भने ब्यापार ब्यवसायमा राम्रै उपलब्धि हातपर्ने देखिन्छ । आवश्यक तथा उपलब्धीमूलक रमाइलो यात्राको योग छ । सकारात्मक तथा व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट विशेष लाभ मिल्ला । स्वास्थ्य पनि सबल रहनेछ । पढाइलेखाइमा प्रगति होला ।
वृश्चिक
व्यस्तता बढे पनि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । आश मारेको काम पनि अथक प्रयासमा बनेर मन प्रशन्न रहला । आफन्तजनको साथ–सहयोग प्राप्त हुने देखिन्छ । हितैषी मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । दौडधुप बढेपनि परिणाम सकारात्मक र सन्तोषदायी नै रहनेछ । साहसिक कार्यमा आकर्षण बढ्नेछ ।
धनु
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि होला । समाजसेवा र राजनीतिमा वर्चश्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । नियमित कार्यमा भने खासै जाँगर नचल्ने देखिन्छ । निकटजनको कमजोरीका कारण काममा झमेलाको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला ।
मकर
नियमित कार्यमा जाँगर वृद्धिका साथै आर्थिक उपार्जनको समय छ । नयाँ कामको योजना बनाएर अघि बढ्नु दीर्घकालिक हितको विषय बन्न सक्छ । आजको दिन सन्तानपक्षबाट सुखको अनुभुति होला । ब्यापार(ब्यवसायबाट राम्रै लाभ मिल्ने देखिन्छ । मित्र एवम् आफन्तजनको सहयोगले विशेष सफलता मिल्ने योग छ ।
कुम्भ
मिश्रित फलदायी समय छ । ब्यस्तता बढ्नेछ तर कामका परिणाम सुखदायी नरहन सक्छन् । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति होला । चोटपटकको भय रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । आजको दिन हातहतियार आदिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला ।
मीन
नियमित कार्यमा जाँगर बढ्ने, पराक्रम वृद्धिका साथै बुद्धि विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्ने समय छ । व्यापारिकरव्यवसायिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिनेछ । महत्वपूर्ण कार्यमा कसैबाट साथ(समर्थन एवम् धनप्राप्तिको योग छ ।