रवि लामिछाने विरुद्ध अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र निवेदक युवराज पौडेल ‘सफल’ ले रिटमा महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको निर्णय गैरकानूनी र न्यायिक प्रक्रिया उल्लङ्घन भएको दाबी गर्दै निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्।

रिटमा उल्लेख छ कि अभियोग संशोधन गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ को आवश्यक पूर्वसर्त पूरा नभएको र यसले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा कमजोर पार्ने उद्देश्यले प्रयोग गरिएको आरोप लगाइएको छ।

निवेदकहरूले अभियोग कमजोर पार्ने कार्य रोकियोस् र कानूनको शासन कायम रहोस् भनी सर्वोच्च अदालतलाई आदेश दिन माग गरेका छन् । सर्वोच्चले प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ।

सम्बन्धित समाचार