ट्रम्पले नेपालसहित ३० देशका राजदूतलाई बोलाए फिर्ता

0 Shares

काठमाडौं ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसहित ३० देशमा रहेका अमेरिकी राजदूतहरूलाई स्वदेश फिर्ता बोलाएका छन्। पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त भएका राजदूतहरू ‘करिअर कूटनीतिज्ञ’ हुन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यी राजदूतहरूलाई आगामी जनवरीभित्र वासिङटन फर्किन निर्देशन दिइएको छ। अमेरिकी प्रशासनले यसलाई सत्ता हस्तान्तरणपछिको सामान्य प्रक्रिया भने पनि कूटनीतिक वृत्तमा यसलाई असामान्य र व्यापक र दर्गामि परिणाम निम्त्याउन सक्ने निर्णयका रुपमा हेरिएको छ।

नेपालसँगै श्रीलंका, फिलिपिन्स, भियतनाम, इजिप्ट, नाइजेरिया, आर्मेनिया, ग्वाटेमालालगायत अफ्रिका, एसिया, युरोप र ल्याटिन अमेरिका लगायत देशमा कार्यरत राजदूतहरूलाई स्वदेश फर्किन भनिएको हो।

अमेरिकी कानुन अनुसार राजदूतहरू राष्ट्रपतिको इच्छामा रहने भए पनि परम्परागत रूपमा करिअर कूटनीतिज्ञहरूलाई सत्ता परिवर्तनपछि पनि निरन्तरता दिने चलन रहँदै आएको छ। जसलाइ ट्रम्प प्रशासनले फिर्ता बोलाएसँगै नयाँ बहस सुरु भएको छ।

कतिपयले ट्रम्प प्रशासनको परिवर्तित नीतिलाई कार्यान्वयन गर्न सक्ने कुट्नीतिज्ञलाई अब ती मुलुकहरूमा पठाउन सक्ने जनाइएको छ।

फिर्ता बोलाइएका राजदूतहरू अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)मा पुनःस्थापना गरिने छ। या उनीहरूलाई नयाँ जिम्मेवारी दिइन सकिने बताइएको छ।

सम्बन्धित समाचार