पक्राउ परेका दीपेन्द्र अग्रवाल सिआइबीको हिरासतमा किन बस्दै छ ‘अनशन’ ?

0 Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा रहेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल ‘अनशन’मा बसेका छन्।

सेयर कारोबार गर्दा हिनामिना गरेको आरोपमा पुस ४ गते पक्राउ परेका अग्रवालले आफ्नो मुद्दा छिटो बुझाइदिन माग गर्दै ‘अनशन’ बसेका हुन्।

सिआइबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले सोमबार खाना नखाएको भन्ने विषयको रिपोर्टिङ भएको बताए।

‘खाना नखाएको भन्ने विषयमा आज रिपोर्टिङ भएको छ। मुद्दा चाँडो बुझाइदिनुपर्‍यो भन्ने छ। अनुसन्धान भइरहेको विषयमा तुरून्तै हुने अवस्था पनि होइन,’ उनले भने।

आवश्यक परे अस्पताल लैजान भनेर निर्देशन भएको पनि उनले बताए। अग्रवालविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सिआइबीले पक्राउ गरेको थियो।

 

सम्बन्धित समाचार