अमेरिका पुगेर ‘धुर्मुस’ले भने: ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ लिएर आयौँ, छोरीको उपचारपछि फर्किन्छौँ

0 Shares

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र परेपछि विवादित बनेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) परिवारसहित अमेरिका पुगेका छन् ।

उनले एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड पाएपछि अमेरिका आएको स्पष्टीकरण दिएका छन् । यस क्रममा उनले आफ्नो छोरीको उपचारका लागि नेपालमा सम्भव नभएपछि परिवारसहित अमेरिका जानु परेको बताए ।

धुर्मुसले आफ्नो सामाजिक सञ्जालमा झण्डै चार हजार शब्दको बकपत्र जारी गर्दै छोरीको उपचारका लागि केही दिनअघि अमेरिका पुगेको जानकारी दिएका हुन् ।

उनले दिएको बकपत्रमा भरतपुरमा क्रिकेट रंगशाला निर्माणको सुरुवातदेखि अन्तिमसम्म आफूले भोग्नु परेको दुःखलाई स्पष्टीकरण गर्ने प्रयास गरेका छन् । जसमा उनले आफूलाई सरकारले साथ दिने भने पनि कुनै सहयोग नगरेको दुःखेसो पोखेका छन् ।

उनले सहयोग गर्ने कबुल गरेका दाताहरूले रकम उपलब्ध नगराउँदा रंगशाला निर्माण अलपत्र परेको र त्यसपछि धुर्मुस-सुन्तली फाउन्डेसन आर्थिक संकटमा परेको जनाएका छन् । छोरीको उपचार सकेपछि नेपाल फर्किने उनले प्रतिबद्धता जनाएका छन् ।

 

सम्बन्धित समाचार