आज मिति २०८२ मंसिर १६ गते मंगलबार । सन् २०२५ डिसेम्बर २ तारिख । नेपाल सम्बत ११४६ थिंलाथ्व द्ववादशी तिथि । आज बिहान ६ बजेर ३८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ९ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
मिश्रित फलदायी समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने र बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने योग छ । विश्वास गरिएका पात्रले नै धोका दिन सक्नेछन् । सामाजिक कार्यले मान–प्रतिष्ठा दिलाउने छ । मित्रजनको साथ रमाइलो यात्रा र मिठो भोजन प्राप्त हुनेछ ।
बृष
आजको दिन चुनौतीयुक्त रहने देखिन्छ । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र ब्यर्थको छटपटी बढ्ने समय छ । मित्रजनका बीच पनि एक्लोपनाको अनुभूति होला । विवाद, धनहानी, फजुलको लाञ्छना जस्ता समस्या आउन सक्छन् । सामाजिक प्रतिष्ठामा कमी आउने सम्भावना रहेकोले बोली र व्यवहारमा अत्यन्त सजग रहनुहोला । काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला ।
मिथुन
परोपकार र मङ्गलमय काम सम्पादनमा मनोवृत्ति बढेपनि आजको दिन केही प्रतिकुल नै रहने देखिन्छ । पारिवारिक समस्याहरू देखापर्नेछन् भने पति–पत्नीमा असमझदारी बढ्ने योग छ । साझेदारीको काममा पनि विवाद हुनसक्छ, सजग रहनुहोला । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने छ ।
कर्कट
बौद्धिक कार्यमा विशेष सफलता मिल्नुका साथै रोकिएका काम अघि बढ्ने समय छ । बौद्धिक कर्ममा लागेका व्यक्तिहरूका लागि समय विशेष अनुकूल रहला । रोकिएका काम बन्नेछन् भने अतिरिक्त आम्दानीको स्रोत उपलब्ध हुने योग छ । नियमित कार्यमा प्राप्त उपलब्धिले उत्साह बढ्ने छ । विपरीतलिंगी मित्रको विशेष साथ रहनाले सुख बढ्ने छ ।
सिंह
आजको दिन समाजसेवा र परोपकारका कार्यमा ज्यादा समय बित्ने देखिन्छ । दीन–दुखीको सेवाले आत्मिक सन्तुष्टिको भाव जागृत हुनेछ । आयआर्जनको कमीले ठूलो योजना वा प्रगतिमा बाधा पुग्ने योग छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ, विवादबाट बच्ने प्रयत्न गर्नु हितकर होला । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ ।
कन्या
आजको दिन केही चुनौतीयुक्त रहला । स्वास्थ्यमा बाधा, नियमित काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्न सक्छन्, सजग रहनुहोला । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाह्य यात्रामा रहेका र प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल रहनेछ ।
तुला
साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । जीवनसाथी एवम् परिवारजनको साथ–सहयोगबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । घर–जग्गा जोड्ने योजनामा क्रियाशील भएका व्यक्तिका लागि समय अनुकुल रहने छ । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्ने छ ।
वृश्चिक
विश्वासमा पारेर धोका दिनेहरूले सताउन खोजेपनि रोकिएका काम बन्न थाल्ने छन् । परोपकार र सामाजिक काममा रुचि जाग्ने समय छ । अध्ययन तथा लेखन कार्यमा जाँगर वृद्धि र प्रगति हुने देखिन्छ । सोच्ने शक्ति बढ्ला । आलोचना गर्नेहरू नै तपाईंको प्रशंसा गर्ने अवस्थामा पुग्नेछन् । सामाजिक मान प्रतिष्ठा मिल्ने योग छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावनाका साथै व्यापार–व्यवसाय विस्तार हुने देखिन्छ ।
धनु
नियमित कार्यमा जोश(जाँगर बढ्नुका साथै स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा तथा मानसम्मान बढ्नेछ । जीवन साथीबाट मिलेको साथ र सहयोगीको मद्दतले चुनौतीपूर्ण काम पनि सहजै सफल हुने छन् । विद्यार्थी वर्गका लागि विशेष उपलब्धिमूलक दिन रहला । सहयोगीको रामै साथ पाइने छ । आरोग्यबल बढ्ने छ ।
मकर
आजको दिन केही अनुकुल केही प्रतिकुल परिस्थितिबाट गुज्रने देखिन्छ । स्थायी सम्पत्ति जोड्ने अवसर मिलेपनि बुद्धि–विवेकको सही उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । तपाईंको अधिकार तथा शक्तिमा अंकुश लाग्ने देखिन्छ । सन्तानपक्षबाट लाभ र सुख मिल्नाले दीर्घकालीन योजनाहरू सम्पादन हुन सक्छन् ।
कुम्भ
शुभदायी समय छ । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने एवम् आयआर्जनका स्रोत बढ्नेछन् । कृषि पशुपालनमा सामान्य तर उद्योग व्यापारमा राम्रै लाभ मिल्ने योग छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । हरेक मामलामा आफ्नो पक्ष सबल बन्नुका साथै मित्रजनका बीचमा मान पनि बढ्नेछ । सामाजिक तथा परोपकारी कार्यमा विशेष रुचि जाग्ने छ ।
मीन
बिना कारण अनेक चुनौतीको सामना गर्नुपरेपनि आयआर्जनका विभिन्न स्रोत भेटिने दिन छ । विभिन्न अवसरले पछ्याउने छन् । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । व्यवसायमा सोचेभन्दा बढी नै सफलता मिल्ने देखिन्छ । वौद्धिक कर्ममा विशेष लगाव रहला ।