‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाइ

0 Shares

काठमाडौं । नेपाली सिने क्षेत्रको उल्लेखनीय प्रभाव पार्न सफल फिल्म ‘परान’ विश्वका धेरै देशहरुमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ । फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा मात्र ६० लाख रुपैयाँभन्दा बढी कमाउन सफल भएको छ ।

अष्ट्रेलियाली वितरण व्यवस्थापनका अनुसार अहिले अष्ट्रेलिया प्रतिष्ठित मल्टिप्लेक्समा दैनिक प्रदर्शन भइरहेको छ । अष्ट्रेलियाका विभिन्न राज्यका धेरै जसो हलहरूमा ‘परान’को शो जारी छ ।

अष्ट्रेलियामा दर्शकहरूको उत्साह निरन्तर बढिरहेको बताउँदै आयोजक नमस्ते इन्टरटेण्डमेन्ट अष्ट्रेलियाले इच्छुक दर्शकहरूलाई हलको समय तालिका हेरी समयमा टिकट बुक गर्न आग्रह गरेको छ ।

‘परान’ विश्वका विभिन्न मुलुकमा पनि अत्यन्त सफलतापूर्वक प्रदर्शन भइरहेको छ। उत्कृष्ट कथावस्तु, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकमाझ फिल्मले अपूर्व सकारात्मक प्रतिक्रिया बटुलेको छ ।

‘परान’ अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि वर्षकै सफल नेपाली फिल्महरूमध्ये एकका रूपमा स्थापित बन्दै गएको छ । अहिलेसम्म अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, कोरिया, माल्टा, पोर्चुगल, फिनल्यान्ड र बेलायतमा दर्शकहरूको उत्साह, समर्थन र भरपूर प्रेमका कारण अतिरिक्त शो थप्ने मागसमेत बढ्दो रहेको वितरक सेभेन सिज सिनेमाले जनाएको छ ।

फिल्मका लेखक तथा निर्देशक दीपक प्रसाद आचार्यले अन्तर्राष्ट्रिय दर्शकबाट प्राप्त समर्थनले हर्षित भएको बताउँदै सबैप्रति कृतज्ञता प्रकट गरेका छन् ।

सम्बन्धित समाचार