रिलायबल नेपाल लाइफ आजदेखि नवौं वर्षमा प्रवेश

0 Shares

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ ।

२०७४ साल आजकै दिन अर्थात भदौ १५ गतेबाट औपचारिक कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ आजदेखि स्थापनाको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको हो । आठौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०७४ साल भदौ १५ गतेदेखि सुरु गरेको थियो । पछिल्लो पुस्ताको जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

सम्बन्धित समाचार