लघुकथा : वेदना

0 Shares
  • भूमिका गैरे तिमिल्सिना

“आमा ! जति काम गरेपनि घरमा कहिले जस पाइनँ । नन्द, देवर, सासू , ससुरा सबैको चित्त बुझाउँदा बुझाउँदै हैरान भएँ ।” छोरीले आमासंग फोनमा रूँदै भनी ।

“पहिला न जा् ! भनेर कत्ति सम्झाउँदा पनि मानिनस् । नाई, मलाई त्यै केटो चाहिन्छ भनेर हिँडिस् ।अब पछुताएर के फाइदा ? दु:ख पाइस् मङ्गले आफ्नै ढङ्गले !” आमाले दिक्क मान्दै भनिन् ।

बिन्ति भाउमा छोरीले भनी , “बिहान उठेदेखि एकछिन फुर्सद हुदैन । घरको काम कसैले सघाउने होइन ? घरको कुरा कतै बाहिरकाले थाहा पाउँछन् कि भनेर यतिञ्जेल मौन बसेर सहेँ । सबैले अनेकन् लाञ्छना लगाउँछन् । म यहाँ बस्नै सकिनँ । आफ्नै जन्मघर आउँछु ।”

“ऊ बेला घरको चालचलन, आनीबानी केही बुझ्न पाइएन । हतपत गरिस् । घर छाडने कुरा नगर् छोरी !” भनेर आमाले सम्झाइन् ।

आमा छोरी निक्कै बेर कुरा गरे । तिता मिठा गन्थन गरे । फोन राखेपछि आमा घरधन्दामा लागिन् । धेरै बेरपछि आमाका मनमा कुरा खेल्न थाले , “अघिपछि कहिले फोन नगर्ने मान्छे आज एकाबिहानै साह्रै बिलौना गरी । केही त पक्कै होला ? हैन, यसलाई केही समस्या त छैन ? साह्रै तनाव भएर त होइन ?” हत्त न पत्त छोरीलाई फोन गरिन् । धेरै पटक फोन गर्दा पनि फोन उठेन ।

केही बेरपछि छोरीकी सासूले फोन गरेर भनिन् , “झट्टै आउनु पर्यो , सम्धिनीज्यू ! यहाँ तपाईंकी छोरी सुसाइड नोट लेखेर झुन्डिएकी
छे ।”

सम्बन्धित समाचार